काठमाण्डू, नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश खारेज गरेको हो ।
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी) जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।
गत बिहीबार न्यायाधीश फुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज गरिदिएको थियो ।
तर, सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत् भ्याकेटको निवेदन दर्ता गरेको थियो ।