राष्ट्रपति पौडेल पुगे भक्तपुर दरबार स्क्वायर

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् ।

हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत राष्ट्रपति पौडेल आज दरबार स्क्वायर क्षेत्र पुगेका हुन् ।

सो क्रममा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । यस किसिमको कार्यक्रम प्रत्येक महिना हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीय पालिकाका जनप्रतिनिधिसहित स्थानीय र आम जनताले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *