पाँचथर, पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालकको मृत्यु भएको छ ।
पाँचथर प्रहरीका अनुसार दिलीप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।
प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो ।
आइतराज केरुङको घरमा बिहीवार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलीपको परिवार केरुङको घरमा बस्दै आएको थियो ।
विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो ।
९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको छ ।