सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोवार

काठमाण्डू, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि ५ भदौमा सुन तोलामा १ लाख ५३ हजारमा कारोबार भएको थियो । आज मंगलबारको तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ ।

मंगलबार १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८५५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *