एपीएफ महिला टोली उज्वेकस्तानको नसाफसँग पराजित

काठमाण्डू, नेपाल एपीएफ क्लबको महिला फुटबल टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको‌ पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० गोलले पराजित भएको छ ।

मलेसियाको लिक्सा स्टेडियममा आइतबार भएको खेलमा उज्वेकस्तानलाई जिताउन लिलीले ४९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

अब एपीएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एसियामा महिला फुटबलको विकासका गर्ने उद्येश्यले वुमेन्स च्याम्पियन्स लिग गराउन लागेको हो ।

एपीएफले नेपालको महिला लिग च्याम्पियनको हैसियतमा छनोट खेल खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *