काठमाण्डू, विश्व बजारमा नेपालको पहिचान गराउन सफल सेफ गणेशबहादुर श्रेष्ठको सम्झनामा श्रदाञ्जली सभाको आयोजना गरिएको छ ।
नेपाल सेफ एसोसिएसनको आयोजनामा केन्द्रीय कायौलय रानीवारीमा आज १३ औं दिनको पुण्य तिथिमा भएको कार्यक्रममा एसोसिएसनका अध्यक्ष रेशमबहादुर लामा, पूर्वअध्यक्ष पुस्प थापा, रत्नबहादुर थापा लगायत वरिष्ठ सेफ र एसोसिएसनका कार्य समितिका सदस्यहरुको उपस्थििति रहेको थियो ।
श्रेष्ठको सम्झनामा दीप परुज्वलन पनि गरिएको थियो ।
विश्वमा नेपाल र नेपालीलाई खानाको माध्यमबाट चिनाउँदै आएका श्रेष्ठको जन्म २००३ सालमा महोत्तरीको बलवा सरपल्लोमा भएको थियो ।
श्रेष्ठको निधन २०८१ श्रावण २८ गते बेलायतको लण्डनमा भएको थियो ।
चौध बर्षको उमेरमा कामका लागि भारतको दिल्ली गएका श्रेष्ठ नेपालमा सोल्टी होटल सञ्चालनमा आएपछि स्वदेश फकिएका थिए ।
सोल्टीमा काम गरेपश्चात लण्डन गएर पनि श्रेष्ठले लण्डनमा पनि सेफ कै काम गरे । सेफ एशोसीएसन अफ नेपालको आजिवन सदस्यसमेत रहेका श्रेष्ठले त्यहाँका रेष्टुरेण्टमा पनि नेपाली खाना चिनाउने काम गरे ।
नेपाली पाक कलामा विश्वले सम्झने श्रेष्ठले नेपालका सेफहरु मध्ये पहिलो सेवा पदक पाएका थिए । नेपालको पाक कलाका पारखीहरुले श्रेष्ठको अभाव सधैं महसुश गर्ने छ ।