मर्स्याङ्दी बस दुर्घटनाका मृतक सबैको शव चितवनमै परीक्षण हुने

काठमाण्डू, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका सबै मृतकको शव परीक्षण चितवनमै हुने भएको छ ।

दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव पनि शुक्रबार राति चितवन पठाइएको छ ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *