नेपाली नर्स ममता काफ्लेको अमेरिकामा हत्या, श्रीमानले नै हत्या गरेर शव लुकाएको अभियोग

काठमाण्डू, अमेरिकी प्रहरीले नेपाली नर्स ममता काफ्लेलाई उनकै श्रीमानले नै हत्या गरेर शव लुकाएको अभियोग लगाएको छ ।

भट्टले नै श्रीमतीको हत्या गरेर शव लुकाएको प्रहरीले औपचारिक अभियोग लगाएको स्थानीय सञ्चारमाध्यले बताएका छन् ।

बिहीबार स्थानीय प्रहरीले घरमा खानतलासी गरेर ममताका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको थियो ।

प्रहरी प्रमुख मारियो लुगोले सुरुमा ममता बेपत्ता हुनुमा नरेशको हात रहेको बताएको थियो ।

उनले अनुसन्धानमा प्रहरीलाई सहयोग नगरेको बताएका थिए । २८ वर्षीया ममता काफ्ले भट्ट अन्तिमपटक जुलाई ३१ मा देखिएकी थिइन् ।

ममता हराएको एक सातापछि अगष्ट ६ तारिखमा मात्रै उनका श्रीमानले रिपोर्ट गरेका थिए ।

नरेशलाई आज शुक्रबार अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ । उनीहरूकी एक वर्षीया छोरीलाई समाज सेवा विभागको संरक्षणमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *