तनहुँको आँबुखैरहनीमा बस दुर्घटना भएको छ। 

तनहुँ, तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले बताए ।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए ।

बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *