उच्च अदालत वार एशोसिएशन पाटनको कार्यसमिति निर्वाचनमा एमाले-माओवादी प्यानल नै विजयी

काठमाण्डू, उच्च अदालत वार एशोसिएशन पाटन कार्यसमितिको निर्वाचनमा एमाले-माओवादीको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा विदूर प्रसाद ढुंगाना ११४० मतका साथ विजयी भएका छन् । गोपाल श्रेष्ठले ४९० मत पाए ।

यस्तै उपाध्यक्षमा ११४२ मतका साथ विष्णु ऋषि कोइराला विजयी भएका छन् । दुर्गाप्रसाद चिमरियाले ४४० मत पाएका छन् ।

सचिवमा प्रबल शर्मा ११५१ मतका साथ विजयी हुँदा देवीप्रसाद रिजालले ४३० मत पाएका छन् ।

सहसचिवमा सुशीला चौधरी ११४३ मतका साथ विजयी भए । यसोदाकुमारी पाण्डेको ४३२ मत आयो ।

कोषाध्यक्षमा भुपाल बस्नेत ११४५ मतका साथ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *