साताको तेस्रो दिन सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाण्डू, साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ८ दशमलव १८ अंकले घटेर २९२३ दशमलव ४६ को विन्दूमा झरेको छ ।

आज ३३२ कम्पनीको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम २१ अर्ब ५१ करोड ५ लाख १० हजार पैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १ दशमलव ३२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ४३ अंकले घटेको छ ।

१३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ । नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ भने आज ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *