बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मुहम्मद युनुस

एजेन्सी, बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा मुहम्मद युनिस चुनिएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार बिजेता युनिसलाई अन्तरिम सरकारको प्रमुख चुनेको हो ।

सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए ।

युनिस गरिबीविरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । गत जनवरी महिनामा युनुसलाई श्रम कानून उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।

यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *