गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

गुल्मी, मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९ बजे आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

मृत्यु हुनेमा ४८ वर्षिय गोरे विक, ६७ वर्षिय हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षिया मसुरी विक छन् ।

पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।

मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *