गोपालबाबु श्रेष्ठले गरे टानको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा

काठमाण्डू, ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि गोपालबाबु श्रेष्ठ उम्मेदवारी घोषणा गरेका छन् । वार्षिक साधारणसभा आगामी भदौ १७ गते हुँदैछ ।

दुई वर्षको कार्यकालका लागि नयाँ कार्य समितिसमेत चुनिने भएकाले नयाँ कार्यसमितिमा रहनका लागि अहिलेदेखि नै रस्साकस्सी सुरु भइसकेको छ ।

ट्रेक्किङ मार्ट प्रा.लिका सञ्चालक श्रेष्ठ टान बर्ष २०११-२०१३ मा निर्बिरोध कार्यसमिती सदस्य र २०१३-२०१५ मा कोसाध्यक्ष पदमा निर्बाचित भएर तारिफ योग्य काम गरिसकेका छन् ।

दुुवै पदमा २ कार्यकालको अनुभवलाई टानको नेत्रृत्वमा पुुगे नेपालको पर्बतीय पर्यटन ब्यवसायी तथा पर्यटन कर्मीहरुको हितमा राज्य र राज्यको सम्बन्धित निकायहरुसँग देशको मौलिकतासँग जोडिएको ट्रेकिङ तथा माउन्टेनियरिङ्ग ब्यवसायलाई संरक्षण र प्रबर्धन गर्ने गराउने श्रेष्ठको योजना छ ।

अध्यक्षतामा श्रेष्ठले टिम सहित उम्मेदवारी घोषणा गर्ने तयारी पनि गरेका छन् । उनले यो पेशा र ब्यावसायसित जोडिएका सबैसँग सहयोगको अपेक्षा पनि राखेका छन् ।

अध्यक्षका लागि श्रेष्ठ सहित राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *