काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को पहिलो महाधिवेशन आगामी वैशाख तेस्रो साता गर्नका लागि सुझाब दिइएको छ ।
रास्वपाको बन्द कार्यशालाले केन्द्रीय समितिलाई दिएको १५ बुँदे सुझाबमा आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न उपयुक्त हुने ठहर गरेको छ ।
बन्द कार्यशाला शनिबार सम्पन्न भएको थियो । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि बन्द कार्यशाला आयोजना गरिएको बताइएको छ ।
कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।
सोही छलफलका आधारमा १५ बुँदे सुझाब दिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका हुन् ।