काभा भलिबलमा ह्याट्रिक जीतको खोजीमा नेपाल, आज इरानसँग भिड्दै

काठमाण्डू, जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपालले इरानसँग खेल्दैछ ।

यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को साँझ सवा ५ बजे सुरु हुनेछ ।

नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध ऐतिहासिक जीत निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।

इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ ।

लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ ।

समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ । २ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंकविहीन माल्दिभ्स भने अंक तालिकाको पुछारमा छ ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा नेपालले शनिबार भारतलाई ३–१ को सेटमा हरायो ।

इरानले शनिबार नै भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकाविरुद्ध ३–२ को सेटमा जीत निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *