केरला पहिरोमा परेर मृत्यु हुनेको संख्या ३१३ पुग्यो, दुई सय अझै बेपत्ता

एजेन्सी, भारतको केरला राज्यस्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार १३० जनाको अस्पतालमा उपचार भइरहेको छ । साथै, घटनामा अझै २०६ जना बेपत्ता छन् ।

घटनाको चौथो दिन भारतीय सेनाले ४ जनाको जीवितै उद्धार गरेको छ । जसमध्ये दुई पुरुष र एक महिला रहेका छन् ।

सेनाका जनरल अफिसर कमाण्डिङ मेजर जनरल भिटी म्याथ्युले मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझा गाउँमा उद्धार कार्य पूरा भएको जानकारी दिए ।

सेनाले अहिले मोबाइलको अन्तिम लोकेशनका आधारमा बेपत्ताहरूको खोज्ने काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *