सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

काठमाण्डू, सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । यसका लागि प्रदेशसभाको बैठक ४ बजेका लागि बोलाइएको छ ।

सत्ता साझेदार दलले सरकार छाडेसँगै अल्पमतमा परेका सोडारीले आज विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् ।

नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले पनि राजीनामा दिएका छन् ।

विश्वासको मत मागे पनि सोडारीको पक्षमा मत नपुग्ने निश्चित छ । सुदूरपश्चिमको नेतृत्व कांग्रेसले लिने एमाले र कांग्रेसबीच सहमति भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *