एमालेको सचिवालय बैठक बस्दै, बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेताहरूको कार्यविभाजन बारे निर्णय हुने

काठमाण्डू, सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेताहरूको कार्यविभाजनबारे निर्णय हुने सम्भावना छ । 

गत २६ असारमा बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यस्तै, आजको बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *