ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध दीपेन्द्रको उत्कृष्ट प्रदर्शन

काठमाण्डू, क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० मा ब्राम्पटन वुल्भ्सविरुद्ध भ्यानकुभर नाइट्समा आबद्ध नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले राम्रो प्रदर्शन गरेका छन् ।

टिम लगातार चौथो हार बेहोर्नेक्रममा ६ विकेटले पराजित भएपनि दीपेद्रको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहेको हो ।

ब्राम्पटनविरुद्ध उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस खेलमा दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् ।

दीपेन्द्रले फिल्डिङमार्फत अस्ट्रेलियन स्टार तथा ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे ।

यस्तै, बलिङमा दीपेन्द्रले चार ओभरमा बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए ।

दीपेन्द्रले पावरप्लेमै पहिलो ओभर फाले पनि एक रन मात्र दिएका हुन् । उनले दोस्रो र तेस्रो ओभरमा पाँचरपाँच रन खर्चिए ।

दीपेन्द्रले चौथो ओभरमा भने ११ रन दिए, जसमा ४ रन बाइको रूपमा समावेश छ ।

उनले अघिल्लो दुई खेलमा भने बलिङमा मौका पाएका थिएनन् । ती दुई खेलमा दीपेन्द्रले ब्याटिङ भने गरेका थिए ।

आफ्नो पहिलो खेलमा एक रनमै आउट भएका उनले दोस्रो खेलमा १५ बलमा अविजित ३० रनको इनिङ खेलेका थिए ।

भ्यानकुभरले अब पाँचौं खेलमा शुक्रबार बिहान सर्रे जग्वार्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *