काठमाण्डू, मुलुकका अधिकांश भेगमा अहिले वर्षा भइरहेको छ ।
वागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको हो ।
आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।
त्यस्तै आज राति पनि देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा वागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा ४१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
यो अवधिमा सबै भन्दा धेरै धरानमा ७६ दशमलव ९ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।