काठमाण्डू, मुलुकका केही भेगमा अहिले वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै आज राति पनि देशभर साधारणतया बदली हुनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारी देखि अधिक भारी वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा १३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै दिपायलमा ४२ दशमलव ५ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।