काठमाडौँमा श्रीमतीको हत्या : पति वीरबहादुर राई पक्राउ

काठमाडौँ । आफ्नै श्रीमती रीता राई (४६) को हत्या गरेको अभियोगमा वीरबहादुर राई (४५) लाई पक्राउ गरिएको छ। अभियुक्त हरिहरपुरगढी गाउँपालिका–३, रानीपानीका निवासी रहेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आइतबार अपराह्न वीरबहादुर राईले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो। प्रहरीलाई घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन टोलीले प्रहरी ले आज वीरबहादुर राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको र थप कानुनी कारबाही अघि बढाइने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *