आजका लागि कुन तरकारी तथा फलफूलकाे मूल्य कति

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलका साथै कृषिउपजको थोक मूल्य यसप्रकार निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ ।

त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकि ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १६ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २२ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम गरेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १९० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २१० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो १५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १२० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ६५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो १०० रुपैयाँ, रुख कटहर प्रतिकिलो १२० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, लप्सी प्रतिकिलो २०० रुपैयाँ, किनु प्रतिकिलो १३० रुपैयाँ, स्ट्रबेरी प्रतिकिलो ५०० रुपैयाँ, किबी प्रतिकिलो ३५० रुपैयाँ र एभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *