दार्चुलाको ब्याँस गाउँपालिका–२ दुम्लिङका स्थानीयले यसपटक प्रतिनिधिसभा निर्वाचनमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र भोट दिने घोषणा गरेका छन्।
महाकाली नदीमा पुल नहुँदा यहाँका बासिन्दा तुइनबाट वारपार गर्न बाध्य छन्। स्थानीयका अनुसार तुइन दुर्घटनामा हालसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन्। दैनिक उपभोग्य सामग्री र उपचारका लागि भारत निर्भर हुनुपरेको उनीहरूको गुनासो छ।
विगत ३० वर्षदेखि पुल निर्माणको आश्वासन दिइए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले यसपटक स्पष्ट सर्त अघि सारेका हुन्। प्रशासनले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि ‘नो भोट’ अभियान भने स्थगित गरिएको छ।


Unlock top-tier commissions—become our affiliate partner now!