सप्तरीमा नेकपा एमालेको झण्डा जलाउने एक युवक पक्राउ परेका छन् । महादेवा गाउँपालिका–५, भगवतपुरका ३१ वर्षीय हरिनारायण मण्डल उक्त अभियोगमा समातिएका हुन् ।
केही दिनअघि मण्डलले एमालेको ब्यानर र झण्डा जलाउँदै अश्लिल गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्रेको हो । उनले अभियोग स्वीकारेको र घटना फागुन ६ गतेको रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डलमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रशासन कार्यालयबाट सात दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको छ ।
