ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाल समातिएका छन् । कालापानी क्षेत्रमा पनि चुनाव गराउन माग राख्दै निर्वाचन आयोग बाहिर प्रदर्शन गरेपछि उनी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता उपरीक्षक (एसपीं) पवन भट्टराईले नेपालसहित आठ जनालाई नियन्त्रणमा लिएको बताए । भने, ‘केही बेरअघि नियन्त्रणमा लिएका हौं ।’
नेपालको नक्सामा समावेश भएको कालापात्री क्षेत्रलाई निर्वाचनमा छुटाउन नहुने भन्दै फणिन्द्रको नेतृत्वमा ब्यानरसहित आयोगबाहिर प्रदर्शन गरिएको थियो ।
