काटमाण्डू, डा. सुरेन्द्र ढकाल शिक्षा, स्वास्थ्य, धर्म र सामाजिक विकासमा १५ं वर्षदेखि सक्रिय समाजसेवी हुन्।

आफ्नै सम्पत्तिबाट सुरेन्द्र ढकाल फाउन्डेशन स्थापना गरी बालबालिका र कमजोर वर्गका लागि अवसर सिर्जना गर्दै आएका छन् ।

सुशासन र समृद्ध नेपालका लागि स्वतन्त्र प्रतिनिधिसभा उम्मेदवार ढकालको चुनाव चिन्ह करौति हो ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ नेपालकै राजनीतिक, बौद्धिक र ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण क्षेत्र हो।
यहाँको जनसंख्या विविध छ, नागरिक चेतना उच्च छ र राजनीतिक सचेतनाले भरिएको यो क्षेत्रले सधैं नयाँ सोच, नयाँ अभ्यास र वैकल्पिक राजनीतिलाई प्रश्न गर्दै आएको छ।

डा. ढकालको स्वतन्त्र उम्मेदवारी केवल एउटा चुनावी सहभागिता मात्र होइन, स्थापित राजनीतिक संस्कारप्रतिको गम्भीर प्रश्न र जिम्मेवार विकल्पको प्रस्तुति हो।
डा.ढकाल जर्मनीको प्रतिष्ठित बिश्वबिद्यालयबाट शैक्षिक डिग्री गरेका छन् । युरोपेली शिक्षाले उनलाई पारदर्शिता, उत्तरदायित्व र सेवामुखी शासनप्रणालीप्रति गहिरो बुझाइ दिएको देखिन्छ।
उनको राजनीतिक प्रवेश कुनै आकस्मिक निर्णय होइन।

उनी समाजसेवाको माद्य्यामबाट लामो समयदेखि स्वास्थ्य सेवा, सामाजिक सेवा गरिब दुखि निमुखाको घाउमा मलम लगाउने र सामुदायिक उत्थानमा सक्रिय रहँदै आएको अनुभवको स्वाभाविक निरन्तरता हो।
डा. ढकालको विश्वास स्पष्ट छ—देशलाई दिने क्षमता र नीयत भएका मानिसले राजनीति गर्नु पर्छ। यही मान्यताका आधारमा उनले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारी रोजेका हुन ।

नेपालको दलगत राजनीतिमा देखिएको शक्ति केन्द्रित प्रवृत्ति, आन्तरिक गुटबन्दी, स्वार्थ समूहको प्रभाव र जनउत्तरदायित्वको कमजोर अभ्यासले नागरिकमा निराशा बढाइरहेको अवस्थामा डाक्टर ढकालको उम्मेदवारीले नयाँ आशा जगाएको छ।
उनको भनाइमा राजनीति सेवा हो, व्यापार होइन। संसद जनताको आवाज बन्नु पर्छ, सौदाबाजीको थलो होइन।

उनले गरिब, विपन्न र पहुँचबाट टाढा रहेका समुदायका लागि सहुलियत तथा निःशुल्क उपचारको पहल गरेका छन् ।
डा। ढकालको सामाजिक सेवाको अर्को महत्वपूर्ण पक्ष उनको आर्थिक पारदर्शिता र त्याग हो। उनले आफ्नो व्यक्तिगत करिब आठ करोड बराबरको सम्पत्ति ‘सुरेन्द्र ढकाल प्रतिष्ठान’ को नाममा राखेका छन् ।

आफ्नो निजी सम्पत्ति बैकममा राखेर बैकबाट प्राप्त हुने बैंक ब्याज मार्फत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ भित्र रहेका बाउन्न वटा विभिन्न सामाजिक संस्थालाई पच्चीस हजारदेखि डेढ लाख रुपैयाँसम्म नियमित सहयोग गर्दै आएका छन् ।

यी सहयोगहरू कुनै प्रचारका लागि होइनन्, आवश्यकताका आधारमा गरिँदै आएका छन् भन्ने कुरा स्थानीय समुदायले स्वीकार गरेको देखिन्छ।

उहाँ करोडौँको सम्पत्तिका धनी भएपनि साधारण जीवनशैली अपनाउछन् । सवारी साधनको प्रयोगभन्दा साइकिल चढेर हिँड्न रुचाउने उनले डिजेल र पेट्रोल प्रयोग नगर्ने निर्णय गरेका छन् ।

