सुन र चाँदीको भाउ बढ्याे

नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको भाउ बढेको हाे ।

सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ४ हजार १ सयले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला २ सय ४० ले बढेर ५ हजार २ सय ५० पुगेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *