सुनको भाउ एकैदिन १७४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डू, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

आजको कारोबारमा सुनको मूल्य ३.७४ प्रतिशत अर्थात १७४ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ८५३ डलरमा कारोबार भईरहेको छ ।

सुनको मूल्यले ४ हजार ८ सयको आँकडा पार गरेको यो पहिलोपटक हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अधिग्रहण गर्ने विरोधमा युरोपेली देशहरुले विरोध गरेसँगै ट्रम्पले भारी ट्यारिफ लगाउने चेतावनी दिएका छन् ।

जसका कारण अनिश्चितता बढ्दा सुनको भाउमा उछाल आएको हो । यस्तै डलर पनि कमजोर भएसँगै सुनको भाउ बढ्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *