झापाको दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

दमक, झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

एमाले अध्यक्ष केपी ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको बताइएको छ ।

अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ । झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो ।

सोही क्रममा कार्यकर्ताहरुले ‌ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *