कांग्रेस सभापति थापा सर्लाही–४ बाट चुनाव लड्ने

काठमाण्डू, नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् ।

आज मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही–४ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

थापाले यसअघि २०७०, २०७४ र २०७९ मा काठमाडौं–४ बाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।

उनी हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थिए । यअसघि पार्टी महामन्त्री रहेका थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *