गगन थापाविरुद्ध देउवा पक्षको रिट न्यायाधीश पोखरेलको इजलासको ‘ङ’ नम्बरमा

काठमाण्डू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटको सुनुवाइ न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा हुने भएको छ ।

यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

आइतबार शेरबहादुर देउवा, पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए ।

सो रिट त्यही दिन दायर गरी सुनुवाइ पनि त्यही दिन गरिदिन माग गरिएको भएपनि कानून अनुसार नमिल्ने जबाफ प्रशासनले दिएको थियो ।

रिटमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन् ।

त्यस्तै फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ । मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *