आज रास्वपाको केन्द्रीय समिति बैठक, प्रतिनिधिसभा उम्मेदवार चयन मुख्य एजेण्डा

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आकांक्षीको संख्या बढेसँगै रास्वपाले केन्द्रीय समिति बैठकमार्फत नै उम्मेदवार चयन प्रक्रिया अघि बढाउन लागेको हो ।

पार्टीका अनुसार आजको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर विस्तृत छलफल हुने छ ।

उम्मेदवार छनोटका मापदण्ड, क्षेत्रगत अवस्थालगायत विषयमा निर्णय हुने अपेक्षा गरिएको छ ।

रास्वपाले यसअघि जिल्ला तथा क्षेत्रीय तहबाट आएका सुझाव र आकांक्षीहरूको विवरणलाई आधार मानेर केन्द्रीय तहबाट अन्तिम टुंगो लगाउने तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *