महान्यायाधिवक्ताको कार्यालयले रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध नेकपा एमालेनिकट युवा संघले प्रदर्शन गरेको छ।

उनीहरूले शनिबार बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्तो जघन्य अपराधमा रविलाई उन्मुक्ति दिएको भन्दै युवा संघले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘दलालको राज भो, देशलाई अति लाज भो, न्यायाधीशको राजमा, कानुन जल्यो साँझमा’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *