राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै

काठमाण्डू, आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ ।

बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/२०८२ माथि छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *