गगन पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डू, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठक बिहान साढे १० बजे ललितपुरको कुपण्डोलमा बस्न लागेको हो ।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।

पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *