सुन र चाँदीको भाउ आजपनि रेकर्ड स्तरमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डू, स्थानीय बजारमा सुनको भाउले आजपनि रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको भाउ १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ऐतिहासिक उचाईमा पुगेको छ । चाँदी आज प्रतितोला ३१५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *