निर्णायक वार्ताका लागि गगन र विश्वप्रकाशलाई महाराजगञ्ज बोलाए सभापति देउवाले

काठमाण्डू, नेपाली काँग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा शुरु भएको छ ।

भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाएका हुन् ।

अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् ।

बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखकसँगै डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजालसहितका नेता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *