कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजेका लागि सारियो

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । यसअघि बिहान ११ बजेका लागि बैठक डाकिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।

विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले आफूहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने बताएका छन् ।

विवाद समाधानका लागि अहिले बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष टोलीबीच वार्ता जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *