सुन र चाँदीको भाउ हालसम्मकै उच्च कायम, प्रतितोला कति पुग्यो ?

काठमाण्डू,  स्थानीय बजारमा सुनको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *