गोरखा, माघे सक्रान्तिको अवसर पारेर आयोजना गरिंदै आएको खिचडी अर्पण यात्रा यस बर्ष पनि आयोजना गरिने भएको छ ।
नेपाल र भारतवीचको एतिहासिक, धार्मिक, साँस्कृतिक तथा आध्यात्मिक सम्बन्धको प्रतीको रुपमा मानिदै आएको यात्रा गरिन लागेको आयोजकले जानकारी दिएको छ ।

सनातन नाथ परम्परा अनुसार नाथ पम्प्रदायका प्रर्वतक श्री गुरु गोरखनाथ बाबाको प्रतिको गहिरो श्रदा, आस्था र भक्तिभावका साथ यो पवित्र यात्रा प्राचिनकालदेखि परम्परागत रुपमा सञ्चालन हुँदै आएको छ ।
यस बर्षको खिचडी अर्पण यात्रा गुरु गोरखनाथ फाउण्डेशन र राष्टिय गौ संरक्षण संघको संयुक्त आयोजनामा गोरखाको गोरखा नगरपालिका र गोरखा दरवार हेरचाह अड्डाको समन्वय तथा ब्यावस्थपनमा हुने आयोजकले जनाएको छ ।

आजबाट शुरु भएर माघ एक गतेसम्म चल्ने यात्रा अवधिभर पूजा, भजनकिर्तन र साँस्कृतिक कार्यक्रम आयोजना हुनेछन् ।
गोरखपुरस्थित गोरखनाथ मन्दिरमा बिषेश पूजा अर्चना आरती तथा प्रसाद बितरण गरेर कार्यक्रम समापन हुनेछ ।
