काठमाण्डू, विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता शुरु भएको छ।
बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो।
छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण, डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी छन्।
यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।
