कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा डा. कोइरालासहित ४ नेता सहभागी

काठमाण्डू, सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालासहित ४ नेता सहभागि भएका छन् ।

विशेष महाधिवेशनपछि थप दबाबमा परेका देउवाले आफू निकटका नेताहरुलाई छलफलमा बोलाएका थिए ।

देउवाको हालको निवास महाराजगञ्जमा देउवा पक्षीय गुटको बैठक चलिरहँदा शेखरसहित ४ नेता पुगेका हुन् ।

डा. कोइरालासहित उनी निकट जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल बैठकमा पुगेका हुन् ।

देउवा पक्षबाट कार्यवाहक सभापतिसमेत रहेका उपसभापति पूर्णबहादुर खड्का र र प्रवक्ता डा. प्रकाशशरण महत लगायतका केही नेताहरु सहभागि रहेका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा देउवा नेतृत्वको कार्यसमिति भंग गरी नयाँ नेतृत्व चयन गर्ने कार्यविधि प्रस्तुत गरेको छ ।

विशेष महाधिवेशनपछि थप दबाबमा परेको संस्थापन पक्षले थप रणनीति तय गर्न बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *