काठमाण्डू, साताको दोस्रो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्च.(नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.५४ अंकले घटेर २ हजार ६३५ विन्दूमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४५४.३१ विन्दूमा झरेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटामा हरियाली छायो भने ९ वटामा रातो पोतियो ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०२, होटल ०.१० र म्युचुल फण्ड ०.११ प्रतिशतले बढ्यो ।
व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज १.१६ प्रतिशतको गिरावट आयो ।
बैंकिङ समूह पनि आज ०.२५ प्रतिशत, फाइनान्स ०.५३, हाईड्रो ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, लघुवित्त ०.६६, निर्जीवन बीमा ०.१४ र अन्य ०.२९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज एसवाई प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४२ करोड २२ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, राधी विद्युतको ३१ करोड ५७ लाख, मन्जुश्री फाइनान्सको २७ करोड ८१ लाख र श्रीनगर एग्रीटेकको २५ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो।
आज एसवाई प्यानल र श्रीनगर एग्रीटेकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
रुसुवागढी हाईड्रोको सेयरमूल्य पनि ८.५३ प्रतिशत, बुङ्गल हाईड्रोको ५.४१ र ट्रेड टावरको सेयरमूल्य .।३० प्रतिशतले बढ्यो।
यो सुपर मादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.२५ प्रतिशतले घट्यो।
कालिका लघुवित्तको सेयरमूल्य पनि आज ३.८५ प्रतिशत र माया खोला हाईड्रोको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो ।
