काठमाण्डू, स्थानीय बजारमा सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । आजको कारोबारमा सुनको भाउ बढेसँगै हालसम्मकै उच्च विन्दूमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ४ हजार १ सय रुपैयाँको वृद्धि भएको छ ।
यो वृद्धिसँगै एक तोला सुनको मूल्य २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसअघि गत पुस १३ र २७ गते गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो ।
उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
चाँदी आज प्रतितोला २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
