Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको बीभत्स हत्या

- shuvadmin / आइतबार, पुष २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तनहुँ, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको बीभत्स हत्या भएको खुलासा भएको छ।

शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ।

इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले ‘दुई जना पुरुष मृत अवस्थामा भेटिएका छन् भनी जानकारी गराएका थिए।

प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।

मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय नारायण विक भएको खुलेको छ।

उहाँ शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन ।

उनी यही महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गरिरहेका थिए भने तीन महिनादेखि सो केन्द्रमा कार्यरत थिए।

अर्का मृतक पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन। उनी पनि प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका व्यक्ति थिए।

दुई पुरुष मृत भेटिएपछि उनीहरूसँगै बस्दै आएकी एक महिला अचानक सम्पर्कविहीन भएपछि थप शङ्का उत्पन्न भएको थियो। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा शनिबार दिउँसो करिब १२ बजे ती महिला पनि मृत अवस्थामा फेला परेकी हुन्।

महिलाको शव दुई पुरुष भेटिएको स्थानबाट करिब सात सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलमा फेला परेको थियो।

महिला र पहिचान नखुलेका पुरुष दुवै जना बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमैला छानेर कवाडी संकलन गरी जीवनयापन गर्दै आएका र करिब एक वर्षदेखि त्यही टहरामा बस्दै आएको स्थानीयले बताएका छन्।

शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार तीनै जनाको शव अत्यन्त विभत्स अवस्थामा फेला परेको छ।

“नारायण विकको पेटमा गम्भीर चोट देखिएको छ, टाउकोमा पनि प्रहार भएको छ,” उनले भने, “पहिचान नखुलेका पुरुषको पेटबाट आन्द्रासमेत बाहिर निस्किएको थियो। महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटियो।”

घटनाबारे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले तीन जनाको हत्या योजनाबद्ध देखिएको बताए ।

बिकले भने, “एकै स्थानमा दुई पुरुष र केही पर महिला मृत अवस्थामा भेटिनु, प्रयोग भएको हतियार र शवको अवस्थाले घटनाको प्रकृति अत्यन्त गम्भीर देखिएको छ।

प्रनाउ बिकका अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। हत्यामा सङ्लग्न व्यक्तिको खोजी तीव्र बनाइएको छ।”

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरीको प्राविधिक टोली र तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटिएर प्रमाण सङ्कलन तथा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीसहितको टोलीले दिनभर घटनास्थलको अनुगमन गरेको प्रहरीले जनाएको छ।

Page Views: 38
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama