कांग्रेसको विशेष महाधिवेशन आज: बिहान ८ बजेबाट महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गरिने

काठमाण्डू, नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि आज बिहान ८ बजेदेखि नाम दर्ता प्रक्रिया शुरु गरिएको छ ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता शुरु गरिएको हो ।

नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एक प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।

साथै, नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

पार्टी विधानको धारा १७९(२०) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन आह्वान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *