काठमाण्डू, आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो।
बैठकमा सहभागिताका लागि उनले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई अनुरोध गरेका छन्।
नियमित महाधिवेशन कि नियमित भन्ने विवाद उत्कर्षमा पुगेका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।
