काठमाण्डू, साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१७ प्रतिशत अर्थात ४.५९ अंकले बढेर २ हजार ६४०.५४ विन्दूमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले बढेर ४५५.९३ विन्दूमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९० करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ५ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.३० प्रतिशत, विकास बैंक ०.१८, होटल ०.४०, हाईड्रो ०.३२, जीवन बीमा ०.३३ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४४ प्रतिशतको गिारवट आयो ।
लगानी समूहपनि आज ०.२० प्रतिशत, लघुवित्त ०.०३, म्युचुअल फण्ड ०.१९, अन्य ०.०७ र व्यापार समूह ०.२२ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज एसवाई प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ६ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, बन्दीपुर केवलकारको १७ करोड ६० लाख, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिस्टिलरीको १५ करोड ३ लाख र शिवम सिमेन्टको १४ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने। आज सान्भी इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ८.१६ प्रतिशतले बढ्यो ।
यस्तै एसवाई प्यानलको सेयरमूल्य ५.७१ प्रतिशत, खानीखोला हाईड्रोको ४.६३ र श्रीनगर एग्रीटेकको सेयरमूल्य ४.४२ प्रतिशतले बढ्यो ।
यो सुपर मादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.९० प्रतिशतले घट्यो।
